साउदीमा नेपाली किन पर्छन् जेलमा ?
काठमाडौं, २३ कात्तिक। पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका पाइन्छ ।
यही स्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेसा व्यवसायमा संलग्न रहेका नेपाली नागरिकले गर्न हुने–नहुने काम एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा आफूले समयसमयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेबसाइटमार्फत जानकारी गराउँदै आएको जनाएको छ ।
दूतावासले साउदी अरबमा गर्न हुने र नहुने कार्यहरू विभिन्न १५ बुँदामा र विशेष ध्यान दिनुपर्ने थप पाँच बुँदामा गरी कुल २० बुँदे विशेष महत्वपूर्ण जानकारी दिँदै त्यहाँ रहेका सम्पूर्ण नेपाली श्रमिक तथा समुदायको विशेष ध्यानाकर्षण गराएको छ ।
साउदी अरबको साइबर अपराधविरुद्धको कानुन, २००७ को कोही कसैले उल्लंघन गरेमा पाँच वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिमाना हुने भएकाले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न÷नगराउन दूतावासले अनुरोध गरेको छ ।
गर्न हुने र नहुने काम
१। कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्नुहोला । फेसबुक, इमो, ह्वाट्स एप, म्यासेन्जर वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुनेगरी कुनै कुरा अपलोड, सेयर, लाइक, कमेन्ट आदि नगर्नुहोला ।
२। आफ्नो फोनबाट अरूलाई कुरा गर्न नदिनुहोस् । आफैले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नुहोला ।
३। हुन्डी, हवाला वा अन्य कुनै पनि गैरकानुनी माध्यमबाट रकमको कारोबार नगर्नुहोला । स्वदेशमा रकम पठाउँदा बैंकिङ माध्यमबाट मात्र पठाउनुहोला ।
४। आफू रहेको मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाईं हाम्रो दायित्व हो । साउदी अरबमा रहँदा आफ्नो यो दायित्व पूरा गर्नुहोस् । आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोला ।
५। मदिराजन्य पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कार

