२ माघ २०८१, बुधबार | January 15, 2025

ठेक्का सम्झौताको २७ वर्षसम्म भुत्तानी नपाएको व्यवसायीको गुनासो,सर्वोच्चको फैसलासमेत कार्यन्वयन भएन


0
Shares

काठमाडौं, ९ चैत्र । दिगोर्खा इन्जिनियरिङ्ग एण्ड सर्भिसेज इन्टरनेशनल प्रा.ली ले निर्माण सम्पन्न भएको लामो समयसम्म भुत्तानी नपाएको भन्दै नेपाल सरकारको ध्यानाकार्षण गराएको छ ।

कम्पनी काकार्यकारी अध्यक्षवसन्तबहादुर भुजेलले आज(बुधबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी आफूले २०५२ सालमा सम्झौताभएको लमजुङ्गजिल्लाको डुम्रवेशीशहर सडक तथापुलनिर्माणको भुक्तानीअहिलेसम्मनपाएको बताएकाहुन् । सरकारले भुत्तानीनदिँदाधितो जमानीमा रहेको सम्पत्तिसमेत बैंकले जफतगरेको उनको गुनासो छ ।

कार्यक्रमलाई सम्बोधनगर्दै भुजेलले आफू राज्यबाट अन्यायमा परेको बताए । काम सम्पन्नभएको लामो समय वितिसक्दा पनि पाउनुपर्ने रकम ६८ करोड ८६ लाख ३८ हजार ६२ रुपैयाँभुक्तानीनपाएको उनले बताए । उनले पत्रकार सम्मेलनमा प्रेस वक्तव्य सार्वजनिकगर्दै आफूलाई राज्यले

क्षतिपुर्ति सहित तत्काल भुत्तानीनदिएमा कडा भन्दा कडा संघर्षमा जाने चेतावनी समेत दिए । डुम्रवेशीशहर सडक र पुलनिर्माणका लागि नेपाल सरकार सडक विभागद्धारा ठेक्का सम्झौताअनुसार कार्य सम्पन्नभइसकेको उनले बताए ।

तत्कालीननिर्माण तथा यातायत मन्त्रालयअन्तर्गतको सडक विभागले आफूलाई आवश्यक कानुनीप्रक्रिया पूरा गरी ठेक्का सम्झौताबमोजिमको कार्य गर्न दिएको उनले बताए । कार्य सम्पादनको अन्तिम चरणमा पुगेको अवस्थामा एकतर्फी रूपमा ठेक्का सम्झौता तोडिएको कारण आफूले निकै ठूलो आर्थिक क्षति व्यहोरेको उनको दाबी छ ।

सम्झौता भए बमोजिमको काम सम्पन्न गर्न बैंक अफ काठमाण्डुबाट आफूले कर्जा लिएको र सरकारले लामो समयसम्म भुक्तानीनदिएको कारण कर्जा लिँदा बैंकमा राखेको धितोसमेत लिलाम भएको उनले बताए ।

प्रतिक्रिया