८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

विश्वलाई सन्देश दिन कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदै छौं : निमा नुरु शेर्पा


October 30, 2023
0
Shares

काठमाडौं, १३ कात्तिक । आगामी कात्तिक १५ गते अर्थात नोभेम्बर १ तारिख बुधबार नेपाल पर्वतारोहण संघले आफ्नो स्थापना दिवस मनाउँदैछ । संघको ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा दीप प्रज्ववलनसहित राष्ट्रिय झण्डा फहराउने अध्यक्ष निमा नुरु शेर्पाले जानकारी दिए ।

आइतबार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शेर्पाले भने–“नेपालको गौरव सगरमाथामा विश्व शान्तिको सन्देश जरुरी रहेकाले लुम्बिनीबाट शान्तिको दीप प्रज्ववलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्ववलन गरी राष्ट्रिय झण्डा फहराउन लागेका हौं ।”

शेर्पाका अनुसार संघले जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको हो ।

संघका महासचिव मोहन लम्सालले सन् २००९को डिसेम्बर ४ मा मन्त्रीपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताए । उनले शान्ति दीपसहित कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदा जलवायु परिवर्तनले हिमालहरुमा पर्न गएको अवसर बारेमा सन्देश दिने अपेक्षा राखेको स्पष्ट पारे ।

संघले ५०औं स्थापना दिवसको अवसरमा एशियाली पर्वतारोहण महासंघको साधरणसभा काठमाडौंमा गर्ने भएको छ । एशिया महादेशमा रहेका अल्पाइन क्लवहरुको छाता संस्थाहरुको रुपमा रहेको महासंघको साधारण सभामा एशिया महादेशका १८ वटा अल्पाइन क्लवहरुका प्रतिनिधिहरु सहभागिता हुनेछन ।

प्रतिक्रिया