३ आश्विन २०८१, बिहिबार | September 20, 2024

युएईमाथि नेपालको शानदार जीत


October 23, 2023
0
Shares

काठमाडौं, ६ कात्तिक । नेपालले त्रीकोणात्मक टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौंको मुलपानी खेल मैदानमा भएको रोचक प्रतिष्पर्धामा नेपालले जित निकालेको हो ।

पहिले ब्याटिङ गरी युएईले ७ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । १६५ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले सुरुमा कमजोर प्रदर्शन गरेको थियो । सुरुवाती ओभरहरुमा नेपालले ३ विकेट गुमाइसकेको थियो ।

आशिफ शेखले ५० बलमा ६ चौका र २ छक्कासहित ६२ रन बनाएर नेपालको आशा पुर्नजिवित गरेका थिए । कप्तान रोहित पौडेल ४२ बलमा ४७ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले बिष्फोटक ब्याटिङ गरी नटआउट ४० रन बनाए ।

युएईका बसिल हमिद र वृत्य अरविन्द दुवैले ४५ रन बनाएका थिए । नेपालले टी ट्वेन्टीमा अहिलेसम्मकै बढी रन पछ्याएर जित निकालेको हो ।

प्रतिक्रिया