३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतको सहयोगमा हुम्लामा विद्यालय, ल्याब र पुस्तकालय भवन


October 19, 2023
0
Shares

काठमाडौं, २ कात्तिक । भारतको सहयोगमा हुम्लामा विद्यालय, ल्याब र पुस्तकालय भवन निर्माण भएको छ । त्यसको उद्घाटन भई प्रयोगमा पनि ल्याइएको छ ।

भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित भवनहरुको बुधबार उद्घाटन गरेका हुन्।

’नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका साँढे ५ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन भएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति थियो ।

प्रतिक्रिया