३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतले नेपालसहित ७ देशलाई चामल निर्यात खोल्यो


October 18, 2023
0
Shares

काठमाडौं, १ कात्तिक । भारतले नेपालसहित ७ देशलाई चामल निर्यात फुकुवा गरेको छ । यसअघि खाद्य संकट हुनसक्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

नेपालमा ९५ हजार मेट्रिकटन चामल निर्यात फुकुवा गरिएको सूचना जारी गरिएको छ । भारतबाट आयात नहुँदा नेपालमा चामलको मूल्य वृद्धि गर्न थालिएको थियो ।

भारतले क्यामरुन, फिलिपिन्स, आइभोरी कोस्ट, मलेशिया, गिनी र सिसेलीलाई पनि निर्यात फुकुवा गरेको छ । यी देशहरुसँग भारतको प्रगाढ सम्बन्ध छ ।

पछिल्लो समय खाद्यान्न राजनीतिक प्रभाव बनाउने माध्यम बन्न थालेको छ । विशेषगरी अफ्रिकी देशहरुमा खाद्यान्न नै राजनीतिक प्रभावको अस्त्र बनिरहेको छ ।

प्रतिक्रिया