३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गि विवाह दर्ताको माग अस्वीकृत


October 17, 2023
0
Shares

एजेन्सी, ३० असोज । भारतको सर्वोच्च अदालतले समलिङ्गि विवाह दर्ताको माग अस्वीकृत गरिदिएको छ । मङ्गलबार संवैधानिक इजलाशले समलिङ्गि विवाह दर्ताको माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो ।

भारतका प्रधानन्यायाधीश डी वाई चन्द्रचुडसहित न्यायाधीशहरु सञ्जय किसन कौल, रवीन्द्र भाट, हिमाल कोली र पी एस नरसिंहासहितको पाँच सदस्यीय संवैधानिक इजलाशले अदालतले कानून बनाउने नभई बनाएको कानूनको व्याख्या गरी फैसला मात्र दिने स्पष्ट पारेको छ ।

विवाह सम्बन्धी कानून संसदले मात्र बनाउन सक्ने संवैधानिक इजलाशको ठहर रहेको छ ।

भारतमा समलिङ्गि विवाहलाई मान्यता दिन दबाब रहँदै आएको थियो । यससम्बन्धी संस्थाहरुले पहल गर्दै आएपनि सर्वोच्चको फैसलाले समलिङ्गि विवाह दर्ता नहुने भएको छ ।

प्रतिक्रिया