३ आश्विन २०८१, बिहिबार | September 20, 2024

गृह पाए सरकारमा जाने रास्वपाको दाउ !


0
Shares

काठमाडौं, ९ चैत्र । नयाँ मन्त्रिमण्डल विस्तार बारे सत्ता गठबन्धनमा घनिभुत छलफल चलिरहेको छ । सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एस र जसपाका शीर्ष नेताहरु मन्त्रालय बाँडफाँटबारे छलफल गरीरहेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई १० राजनीतिक दलले विश्वासको मत दिएका हुुन् । धेरै दल भएकै कारण दाहाललाई मन्त्रालय बाँडफाँटमा निकै चुनौती देखिएको छ । प्रधानमन्त्री दाहालसँग सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायतका शीर्ष नेताहरुको छलफल भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा सहभागी हुने संकेत देखाएको छ । उपप्रधान तथा गृहमन्त्रालय पाएमा सरकारमा फर्कने रास्वपाको भित्रि योजना छ ।

नयाँ गठबन्धनमा आबद्ध नभएपनि प्रधानमन्त्रीलाई गत चैत्र ६ गते विश्वासको मत दिएको रास्वपाको भुमिकालाई निकै अर्थपुर्ण तरिकाले हेरिएको थियो । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेजगरेपछि सरकारबाट ४२ दिनमै बाहिरीएको थियो ।

रास्वपालाई पुनः गृहमन्त्रालय नदिएका प्रधानमन्त्री प्रचण्डले अब गृहमन्त्री दिने सम्भावना न्युन देखिन्छ । यद्यपी पुरानै हैसियत पाउने आशाले रास्वपाले प्रचण्ड सरकारबाट समर्थन फिर्ता नलिएपनि माओवादी भित्रैबाट गृह आफैले राख्नुपर्ने दबाब आइरहेको छ ।

 

प्रतिक्रिया