४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

चाँगुनारायणका प्रवक्ता जनक खत्रीद्वारा निर्माणमा त्रुटी हुन नदिन निर्देशन


October 6, 2023
1.4k
Shares

भक्तपुर, १९ असोज । चाँगुनारायणका नगरपालिकाका प्रवक्ता जनक खत्रीले नगरभित्र उत्कृष्ट काम गरेर पूर्वाधार विकासमा उदाहरणीय बन्न निर्माण व्यवसायीलाई आव्हान गरेका छन् । उनले व्यवसायीले सेवालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गर्दै चाँगुनारायण नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउने अभियानमा भूमिका खेल्न आग्रह समेत गरे ।

नगरपालिकामा पूर्वाधार विकासमा केही निर्माण समितिले कमी कमजोरी गरिरहँदा नगरप्रवक्ता खत्रीको पछिल्लो भनाई आएको हो ।

चागुनारायण ८, स्थित विन्दावासिनी मन्दिर पछाडिको पर्खाल निर्माण को लागि १० लाख बजेट छुट्याइएको थियो ।उक्त पर्खाल निर्माण गर्न स्थानीय समितिलाई जिम्मा दियो।समितिले कलमसी कल्पेश्वर निर्माण सेवालाई जिम्मा दियो।पर्खाल निर्माण गरिएको तिन महिना नपुग्दै भत्किएको थियोे ।

जनगुनासो भएकोमा चागुनारायण नगरपालिका ८, भक्तपुरका वडाअध्यक्षसमेत रहेका प्रवक्ता जनक खत्रीले वडामा राम्रो कामगरी जनताको मन जित्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्।

प्रतिक्रिया