३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कास्की राज्य दरवार र सराङ्कोट किल्लामा भैरव पुजा


October 4, 2023
0
Shares

काठमाडौं, १७ असोज । सराङ्कोटको सांस्कृतिक सम्पदा किल्ला भित्र रहेको श्री काला भैरव कास्की राज्यमा राजा रहेदेखि नै यहाँ पुजा गर्ने गरिएको हो भन्ने मान्यता रहेको छ भुमे कालिका परिसरमा काला भैरव पनि रहेको छ।

भैरवका पुजारी अनुसार चौबिसे राज्यका पालादेखि नै भैरवको पूजा गर्ने परम्परा छ । सराङ्गकोटको काला भैरव भन्जा र कास्कीकोटको काला भैरव मामा भन्ने किंवदन्ति पुर्वजबाट सुन्दै आएको कुरा जानकारी गराउनुभयो साथै प्रथम पूजा गर्दा सराङ्गकोटको भान्जा काला भैरवको पूजा गरेपछि कास्कीकोटको मामा काला भैरव पूजा गर्ने गरेको बताउनुभयो । हरेक बर्ष बडा दशैँ असोज कालरात्री भोलिपल्ट बिहान काला भैरव पुजा हुने गर्दछ।

विशेष गरि कुखुराको भाले, रोट र निरवलले पूजा गरिदै आएको छ।यहाँ लामो समय देखि पोखरा बगालेटोलका कुँवर पुजारीले पुजा गर्ने गर्दछन। केहि बर्ष अगाडिसम्म सराङ्कोटमा फेवातालको जिउँदो माछा ल्याई चढाउने प्रचलन थियो । वि.सं. २०३२ सालसम्म सराङ्कोटका वासिन्दाहरुबाट सिदा उठाई ल्याउने गरेको पुजारी भनाई छ।

वि.सं. २०६७ सालसम्म यहाँका गाउँहरुमा भेली लगाउने प्रचलन थियो । पोखराको कृस्ति निवासी कान चिरेका जोगिले नाथ सृङी बजाएर सराङ्कोटका गाउँहरुमा भेली लगाउने गरेको परम्परा हाल रहेको छैन। भैरव र भूमेकालिका बर्षको दुई पटक बडादशैँ र चैतदशैँमा गर्ने गरिन्छ।.

कास्कीका राजाले लढेको सराङ्कोटको अन्तिम लढाइ पछि वि सं १८४२ आषाढ १ गते कास्की राज्य नेपालमा एकिकरण भएको थियो।

कास्कीका कोटहरुमा भैरव प्रति अटुट बिश्वास र आस्थाको साथै ईच्छाएको वर पुरा गर्ने देवताको रूपमा यहाँ पुजा गरिन्छ।

प्रतिक्रिया