३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज १५ अंकले नेप्से घट्यो, करिब डेढ १ अर्बको कारोबार


0
Shares

काठमाडौ, ८ चैत । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १५.७६ अंकले घटेर नेप्से १९३३.२९ अंकमा रोकिएको हो ।  नेप्सेको अनुसार आज कुल १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएकोे छ ।

आज २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर ३० हजार ४८५ पटक कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा आएका मध्ये १६६ कम्पनीको सेयर मूल्य घट्दा ३८ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

माया खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबै भन्दा धेरै ९.९८ प्रतिशत सकारात्मक सर्किट लेबलमा बढ्यो भने सर्पोट माइक्रो फाइन्यान्सको ६.११ प्रतिशतले बृद्धि भएको छ ।

बुधबार सबै भन्दा धेरै सेयर खरिद बिक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको आज ९ करोड १९ लाख रुपैयाँ बजारको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै एनआईसी एशिया बैंकको दोस्रो ठूलो कारोबार भएको छ । बैंकको आज ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया