२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

निडर वडाध्यक्ष मुकुन्द रिजालको निधन


September 7, 2023
0
Shares

काठमाडौं, २१ भाद्र । निडर वडाध्यक्षको पहिचान बनाएका मुकुन्द रिजालको निधन भएको छ । डंगु संक्रमणपछि ग्रान्डी अस्पतालमा उपचार हुँदा हुँदै उनको बिहिवार विहान निधन भएको हो ।

काठमाडौं महानगरपालिका वडा नं १६ बाट निर्वाचित रिजाल सधै चर्चामा रहे । उनले वडामा पटक पटक चुनाव जित्दै आएका थिए ।

लोकप्रीय वडाध्यक्ष रिजाल एक वर्ष अघि काठमाडौ महानगरपालिकाका मेयर बालेन साहसँग सवालजवाफ पछि चर्चामा आएका थिए । उनी वडामा अहोरात्र खटिने नेताको परिचय बनाउन सफल थिए ।

नेपाली काँग्रेसका नेता रिजालको निधनप्रति उक्त दलभित्र र बाहिरका नेता कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया