३ आश्विन २०८१, बिहिबार | September 19, 2024

‘नागरिकले बोल्न पाउने अधिकारमाथि मुख थुनि बोल्न नदिएर ज्यादती गरियो’


0
Shares

काठमाडौं, ८ चैत्र । मंगलवार युवाहरुको मुख थुनि बोल्न नदिएकोबारे सरकारसँग सांसदहरुले जवाफ माग गरेका छन् ।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी हुन् ।

मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए । जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो ।

सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी हु्न् । युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण सरकारसँग सोधेकी हुन् ।

मंगलवार एक सार्वजनिक कार्यक्रममा युवाहरुले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया