६ आश्विन २०८१, आइतबार | September 22, 2024

रास्वपाको २ दिने प्रशिक्षण आजदेखि


September 2, 2023
0
Shares

काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज र भोलि प्रदेशस्तरीय प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी,नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गरेको पार्टीले जनाएको छ ।

रास्वपाका अनुसार सभापति रवि लामिछाने, अनिल केशरी शाहलगायतले प्रशिक्षण दिनेछन् । बाग्मतीमा पनि भदौ २२ र २३ गते प्रशिक्षण चलाइने पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया