२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कहाँ छन् सेनाका मेजर पण्डित ?


August 31, 2023
0
Shares

काठमाडौं, १४ भाद्र । पाँच दिन भयो नेपाली सेनाका मेजर विमल पण्डित वेपत्ता भएको । उनी झोला बोकेर अज्ञात स्थलतर्फ लागेको सम्म पत्तो लागेको छ । मोबाइल ट्रयाक गर्दा पत्ता लागेको स्थानमा सेनाले धुई धुइँती खोजिसकेको छ । तर, पण्डितको अत्तोपत्तो छैन ।

काठमाडौंको डाँछी घर भएका मेजर पण्डित डोल्पाको नन्द बक्स गुल्मका गुल्मपती हुन् । उनी विवाहित पनि हुन् ।

मेजर पण्डितले डोल्पाको सदरमुकाम दुनै पुगेर एटीएमबाट २० हजार निकालेका थिए । त्यो रकम किन झिके र के का लागि प्रयोग गरे भन्नेबारे अनुसन्धान भइरहेको छ ।
पण्डित तराईतर्फ झरेर सीमा काटेर त गएनन् ? यसबारे पनि अनुसन्धान चलेको बुझिएको छ ।

मेजर पण्डित डिप्रेसनमा परेको हुनसक्ने विषयमा पनि सेनाभित्र चर्चा छ । विशेषगरी सुरक्षाफौज डिप्रेसनको बढी शिकार हुन्छन् । अध्ययनहरुले सुरक्षाफौज त्यसमा पनि सेनाभित्र बढी डिप्रेशन हुने गरेको छ ।

प्रतिक्रिया