८ मंसिर २०८१, शनिबार | November 23, 2024

प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ : महामन्त्री थापा


0
Shares

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यार्थीमाझ गरेका प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन गर्दै नेविसंघ अघि बढ्नुपर्ने बताएका छन् ।

स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस लगायत देशभरिका अधिकांश क्याम्पसहरूमा नेपाल विद्यार्थी संघ विजयी भएकोमा बधाई दिदैं उनले यस्तो सुझाव दिएका हुन् ।

निर्वाचित हुने सम्पूर्णलाई बधाई तथा शुभकामना दिँदै थापाले विश्वासलाई कायम राख्दै नेविसंघ अगाडी बढ्नुपर्ने उनको जोड छ । उनले लेखेका छन्,‘यो स्ववियु निर्वाचनले फेरी एक पटक नेविसंघलाई आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित गरेको छ। यो विश्वासलाई कायम राख्दै नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ र परिष्कृत ढङ्गले अगाडी बढाउनु पर्दछ।’

आम विद्यार्थीका मुद्दालाई सम्वोधन गर्न तथा स्ववियुको गरिमालाई उच्च बनाउन नवनिर्वाचित स्ववियु नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्ने पनि उनले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया