३ आश्विन २०८१, बिहिबार | September 19, 2024

हिन्दूको प्रदर्शनमा दशौं हजार निस्किएपछि तरंग


August 26, 2023
0
Shares

काठमाडौं, ९ भाद्र । धरानमा गौहत्या गरी हिन्दूहरुलाई चिढ्याउने गतिविधि बढेसँगै शनिवार धरानमा गर्ने भनिएको प्रदर्शन इटहरीमा गरिएको छ । स्वतः स्फूर्त रुपमा दशौं हजार मानिसहरु गौहत्याको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनकारीले कानून बमोजिम गौहत्या गर्नेमाथि कारबाहीको माग गरेका छन् । तर, सरकारले धरानमा प्रदर्शन गर्न रोक्ने उद्देश्यले निषेधाज्ञा नै जारी गर्यो ।

इटहरीमा दशौं हजार निस्किएपछि राजनीतिकवृत्तमा तरंग आएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साँझ विज्ञप्ति जारी गरी धार्मिक सद्भावको आव्हान गरेका छन् ।

घटना भएको यतिका दिनसम्म मौन बसेको काँग्रेस बल्ल बोलेको छ । राप्रपाले यसअघि नै घटनाको विरोध गरी कानून बमोजिम कारबाहीको माग गरिसकेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वको घटनामा प्रचण्ड र माधव नेपालले भूमिका खेलेको आरोप लगाइसकेका छन् । जनतालाई जुधाउने गतिविधि प्रचण्ड र नेपालले गरेको उनको आरोप छ ।

प्रचण्ड र माधव नेपाल भने यस मामलामा बोलेका छैनन् । उपेन्द्र यादव नेतृत्वको जसपा पनि मौन जस्तै छ ।

प्रतिक्रिया