३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डमाथि आक्रमणको प्रयास गर्ने युवक को हुन् !


0
Shares

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रमणको प्रयास भएको छ । आज राजधानीको नयाँ बानेश्वरमा दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डमाथि आक्रमणको प्रयास भएको हो ।

कार्यक्रम स्थलमा पुगेका प्रचण्डमाथि एक युवाले नजिकै पुगेर आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनी नारावाजी गर्न थाले ।

युवकले बैंकको चर्को ब्याजदर घटाउन माग गरे । उनले प्रचण्ड नेतृत्वको सरकारलाई गरिबमारा भन्दै नारावाजी गरिरहे ।

अन्य दुई युवक पनि प्रचण्ड उपस्थित कार्यक्रममा नारावाजी गर्न थाले । उनीहरुले सरकारले युवाविरोधी गतिविधि गरेको आरोप लगाए । तीनैजना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रचण्डमाथि आक्रमणको प्रयास गरी नारावाजी गर्ने युवाहरु विवादास्पद व्यवसायी दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ । उनी पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक मञ्चमा उतारेर सक्रिय गतिविधि गर्दै आएका छन् । प्रसाईंमाथि बैंक तथा वित्तिय संस्थाविरोधी गतिविधिलाई बढावा दिएको आरोप छ ।

प्रतिक्रिया