३ आश्विन २०८१, बिहिबार | September 20, 2024

राज्यको २५ करोड डुबाउन सुनिल पौडेलले १० दिनमै ठेक्का प्रक्रिया टुंगाएको खुलासा


August 11, 2023
0
Shares

दीग्गज गौतमः देशमा विशेष परिस्थितिबाहेकको अवस्थामा ठेक्का सूचना निकाल्दा ४५ दिनसम्म म्याद हुनेगर्छ । म्याद थप समेत गर्न सकिने प्रावधान छ । तर, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडलले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कायकारी निर्देशक हुँदा १० दिनभित्र ठेक्का प्रक्रिया सिध्याउन लगाएका थिए । देशमा महाभूकम्प र कोरोना भाइरस महामारीमा समेत आवश्यक सामाग्री खरिदमा नियम अनुसार ४५ दिन लगाएर ठेक्का निकालिएको थियो ।

मेलम्ची खानेपानीमा बाढीले क्षति पुर्याउँदा मर्मतका लागि समेत ४५ दिने सूचना जारी गरी बोलपत्र आव्हान गरिएको थियो । तर, सुनिल पौडेलले १० दिनमा नेसनल पेमेन्ट गेटवेमा ठेक्का प्रक्रिया सक्याएका थिए । यसले पनि भ्रष्टाचारको ठूलै गन्ध थाहापाउन सकिन्छ ।

सुनिल पौडेल अहिले २५ करोडको सामान खरिद गरेर प्रयोगविहिन रहेको र त्यसमाथि पनि १० करोडभन्दा बढी अनियमितता गरेको विषयमा छानबिनको दायरामा ल्याइएका छन् । उनीमाथि अख्तियारले गत हप्ताभर बयान लिइसकेको छ । अब मुद्दा दर्ताको तयारी छ । उनले मुद्दा दर्ता रोक्न अनेकन चलखेल गरेका छन् । तर, घोटाला छताछुल्ल भएपनि सुनिल जोगिने अवस्था बनेको छैन । उनलाई जोगाउन ठूलै शक्ति लागेको छ । तर, सफल नहुने निश्चित भइसकेको छ ।

नेसनल पेमेन्ट गेटवेमा घोटाला छताछुल्ल भएको हो । यो खरिद प्रयोगमा आउन सकेन । अर्कोतर्फ, दोब्बरभन्दा बढी रकम भ्रष्टाचार भएको छ । खरिद कम्पनीको स्थानीय एजेन्ट सुनिलकै समूह रहेको पनि छर्लंग भएको छ । यसकारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।

अख्तियारले भ्रष्टाचार मुद्या दायर गर्ने निश्चित भएपनि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको कमाऊ धन्दा रोकिएको छैन । उनी दशौं करोड कमिशन हात पारेर अख्तियारबाट बच्ने अन्तिम उपाय खोजिरहेका छन् । अख्तियारले मुद्या दर्ता नै गरेपनि कमाउन नछाड्ने उनको रणनीति स्पष्ट देखिन्छ । टेलिकमको एमडी बन्न करोडौं बुझाएकाले पनि सुनिल दबाबमा छन् । उनी त्यो रकम असुल्न पनि टेलिकमका ठेक्काहरुमा विवादास्पद निर्णयहरु गर्न थालेका छन् । काम राम्ररी नगर्ने कम्पनीलाई भुक्तानी दिन हतार गर्दैछन् ।

टेलिकमले विदेशी कम्पनीलाई दिनुपर्ने भुक्तानीका लागि कर्मचारीलाई दबाब बढाएका हुन् । जसमध्ये चिनियाँ कम्पनी हुवाबे अन्तर्गतको चाइना कम्युनिकेशन सर्भिस इन्टरनेशनल सीसीआइलाई दिनुपर्ने एक अर्ब रुपैयाँ पनि छ । फोरजी स्तरोन्नति आयोजना देशभर सञ्चालन गर्ने परियोजना अन्तर्गतको यो रकम भुक्तानी दिएर उनले अख्तियारबाट जोगिने अन्तिम प्रयास गरेका हुन् । टेलिकमका ठूला भुक्तानीका कामहरु रोकिएको छ । यसमा ठूलै कमिशनको खेल थियो । अब कम कमिशन लिएर भएपनि भुक्तानी गराउनतर्फ सुनिल पौडेल लागेका छन् ।

सुनिल पौडेलले ११ करोड रुपैयाँको प्वाइन्ड अफ इन्टरकनेक्टको ठेक्कामा चिनियाँ कम्पनी हुवाबेलाई मात्र आर्थिक प्रस्तावका लागि छान्ने गरी काम गरेका छन् । यसमा कुनै प्रतिष्पर्धी नभएकाले हुवाबेले आर्थिक प्रस्ताव गर्दा ठेक्का प्रस्तावको शतप्रतिशत रकम राखेर हात पार्ने अवस्था बनाइएको छ । नेपाल दूरसञ्चारको बोलपत्र नं एनडीसीएल/डब्लुसीएसडी/आइसीबी ०६/०७८–७९ को प्वाइन्ट अफ इन्टरकनेक्ट सिस्टमको बोलपत्रमा अन्य प्रतिष्पर्धी कम्पनीलाई प्राविधिक मूल्यांकनमा छनोट नगरी चिनियाँ कम्पनी हुवाबेलाई मात्र छनोट गरिएको हो ।

यो प्रणाली निकै संवेदनशील मानिन्छ जसले नेपाल दूरसंचारको ग्राहकहरुमा वा ग्राहकहरुबाट आउने जाने सम्पूर्ण अन्तर्राष्ट्रिय कल तथा एसएमएसहरुको ब्यहोरा सम्हाल्छ वा राख्छ । यस्तो संवेदनशील प्रणालीको काममा हुवाबे मात्र आर्थिक प्रस्तावमा छनोट गराइएको छ । उसलाई २९ साउनमा ठेक्का पाएको घोषणा गर्ने तयारी भएको छ । तर, त्यस अगावै सुनिल माथि मुद्दा दर्ता हुनसक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया