८ असार २०८३, सोमबार | June 22, 2026

प्राज्ञिक विद्यार्थी परिषद्को त्रिवि इकाई समितिमा नयाँ कार्यसमिति


0
Shares

काठमाडौं, २१ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको त्रिभुवन विश्वविद्यालय इकाई समितिमा नयाँ कार्यसमिति चयन भएको छ । सुस्मिता चालिसेको संयोजनमा बनेको नयाँ कार्यसमितिमा अर्जुन बगाले संगठन सचिव छन् ।

प्राज्ञिकको त्रिवि इकाई समितिले शनिवार एकदिवसीय अभ्यास वर्ग सम्पन्न गरेसँगै नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यक्रममा प्रज्ञिकका राष्ट्रिय उपाध्यक्ष प्रा.डा. दयाराम भुसाल, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सगरमाथा तथा जानकी प्रदेश संगठन सचिव एवं केन्द्रीय विश्वविद्यालयका कार्य प्रमुख छितराज न्यौपाने, राष्ट्रिय सचिव जानकी आचार्य सहभागी थिए ।

प्रतिक्रिया