४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

गोकर्णेश्वरमा गन्हाएका बैकुण्ठराज सापकोटा राजस्व अनुसन्धान ताक्दै


415
Shares

काठमाडौं, १६ साउन । गोकर्णेश्वर नगरपालिकामा भ्रष्टाचारले गन्हाएका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटा राजस्व अनुसन्धान विभाग जाने प्रयासमा छन् । गोकर्णेश्वरमा रहँदा मोटो रकम आर्जन गरेका सापकोटा राजश्व अनुसन्धान जान घूसको लोभ देखाउन थालेका छन् । उनले विचौलियामार्फत् बालुवाटारसम्मलाई प्रभावित पार्न खोजिरहेका छन् ।

गोकर्णेश्वरमा हुँदा वन मुद्दा लागेर धरौटीमा रिहा भएका हुन् सापकोटा । उनले हालसालै जोरपाटी चोकको पुरानो बजारको सामान कबाडीलाई बेचेर १२ लाख कुम्ल्याएका छन् ।

च्याउ खेतीमा पनि राम्रै कमिसन बुझेर भुक्तानी दिएको सापकोटामाथि आरोप छ । बाँसदेखि माटो बेच्नेसम्मको काममा उनको संलग्नता रहेको खुलेको छ ।

मुलखर्क, ओख्रेनीमा उपभोक्ता समितिमार्फत खानेपानी पाइप बिछ्याउने काममा सापकोटाले ७ लाख बढी कमिसन लिएको आरोप छ । उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । डीपीआरदेखि हरेक विषयमा मोटो कमिसन असुल्ने सापकोटाले कपनमा आलिसान महल खडा गरेका छन् । छोरालाई ५० औं लाख खर्च गरेर डाक्टरी पढाएका छन् ।

विवादित सापकोटालाई संघीय मामिला तथा सामान्य प्रशासन छुन सकेको छैन । उल्टै मन्त्री र सचिवलाई आफू अनुकूल चलाउन सक्छु भन्दै उनी हिँड्न थालेका छन् ।
नक्सापासदेखि खोला छोप्ने कामसम्ममा मुछिएका सापकोटालाई सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करले चलाउन सकेका छैनन् । उनी डन कार्यकारीका नामले परिचित छन् ।

बुढानिलकण्ठदेखि मध्यनेपाल नगरपालिकासम्म भ्याएका सापकोटाले नियम कानुनभन्दा आफूलाई माथि ठान्ने गरेको आरोप छ ।

सापकोटामाथि अख्तियारले निगरानी गरिरहेको विश्वस्त स्रोतबाट जानकारी प्राप्त भएको छ । उनीमाथि अख्तियारमा पनि उजूरीहरु परेका छन् ।

प्रतिक्रिया