३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा त्रिभुवन विश्वविद्यालयमा सदस्यता वितरण अभियान 


0
Shares

काठमाडौं, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयमा सदस्यता वितरण अभियान चलाएको छ । प्राज्ञिकले आज कीर्तिपुरस्थित विश्वविद्यालयमा सदस्यता वितरण आरम्भ गरेको हो ।

शिक्षा क्षेत्रलाई स्वतन्त्र राख्न विद्यार्थी परिषद्को सदस्य बन्न आव्हान गरिएको छ । प्राज्ञिकले राष्ट्र प्रथमको आदर्शलाई केन्द्रमा राखेर देशव्यापी सदस्यता वितरण चलाएको छ ।

प्राज्ञिकको सदस्य बन्न कुनै शुल्क लाग्दैन । प्राज्ञिक कुनै पनि राजनीतिक दलसँग आवद्ध विद्यार्थी संगठन होइन ।

प्राज्ञिक विद्यार्थी परिषद्का सगरमाथा र जानर्की प्रदेश संगठन सचिव तथा केन्द्रीइ विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने सदस्यता वितरणमा सक्रिय छन् ।

यसैगरी, प्राज्ञिकले देशभर व्यक्तित्व विकास तालिम चलाइरहेको छ । देशका नगर इकाई, क्याम्पस इकाईहरुमा तालिम चलिरहेको छ ।

प्राज्ञिकले १५ जिल्लाका २५ सय विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण पनि गर्दै आएको छ ।

प्रतिक्रिया