३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिनको निवासमा छापा


0
Shares

काठमाडौं, ११ साउन । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिनको कनेक्शनको अनुसन्धानले तिव्रता पाएको छ । उनको कार्यालय र बस्ने घरमा राजश्वर अनुसन्धान विभागले छापा मारेको छ ।

विभागले बिहिबार जीक्वाङ बस्दै आएको लाजिम्पाटको एक घरमा छापा मारेको छ । उक्त घरमा उनी दुई चिनियाँ नागरिकसहित बस्दै आएका थिए । घरमा रहेका इलेक्ट्रोनिक सामाग्री र कागजपत्र नियन्त्रणमा लिइएको राजश्व अनुसन्धान विभागका अधिकारीले जानकारी दिएका छन् ।

जीक्वाङले सुन ल्याउने गरेको ब्रेक शु को सोह्रखुट्टेस्थित गोदाममा बुधवार छापा मारिएको छ । त्यहाँबाट ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । ब्रेक शु भित्र सुन लुकाएर ल्याउने गरिएको थियो ।

भाडामा लिएर सञ्चालनमा रहेको गोदाममा ब्रेक शु भेटिएपनि सुन भेटिएको छैन । सुन पगाल्ने उपकरण र तौलने तराजु भने फेला परेको छ ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० केजी सुन २ साउनमा भित्राएर ३ साउनमा भन्सार कार्यालय कटेपछि बरामद भएको थियो । ४ साउनमा चिनियाँ नागरिक लिन चीन भाग्न लाग्दा अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो ।

सुन तस्करीमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् । केही व्यापारी माथि अनुसन्धान बढाइएको छ । यो घटनाले नेपालका प्रमुख नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

प्रतिक्रिया