८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

‘सेनाको संख्या घटाउनुपर्छ’ भन्ने पूर्वमन्त्री बिमला पौडेललाई खुलापत्र


332
Shares

हेमशंकर गिरी: राष्ट्रिय सभाका सांसद एवं पुर्ब परराष्ट्रमन्त्री बिमला कुमारी राई पाैडेलले नेपाली सेनामाथि पुन: टिप्पणी गर्दै फेरि आफ्नै कुरा माथि पार्न  श्रावण ५ गते ब्यक्त गरेकाे “संसद,सेना र जवाफदेहिता” भन्ने  शिर्षककाे बिचार पढ्दा बिषय बस्तुलाई बिषयान्तर गरेर र दम्भ देखाएकाे देखिन्छ साथै यस अघि राष्ट्रिय सभामा आफुले ब्यक्त गरेकाे बिचार सहि छ भनि बचाउ गर्दै आफ्नै दल नेकपा एमालेमाथि समेत प्रश्न तेर्साएकाे भेटिन्छ । अब म वहाँ बिमला कुमारी राई पाैडेललाई निम्न लिखित प्रश्नहरु गर्न चाहान्छु ।

(१) सेना जस्ताे संबेदनशिल संस्थाकाे संख्या थप घट वा पुनर्गठन गर्ने बिषय तपाईंको क्षेत्राधिकारभित्र पर्छ कि राष्ट्रिय सुरक्षा परिषदकाे क्षेत्राधिकारभित्र पर्छ ?

(२) तपाईंले १० बर्षे युद्धभन्दा अगाडि सेनाकाे संख्या ५०-५५ हजार हाराहारीमा थियाे र त्याे युद्धकै कारण सेनाकाे संख्या बडाएकाेले अब मुलुकमा शान्ती भईसकेकाेले यही संख्याकाे सेना आबश्यक नपर्ने आशयबाट तपाईंको अभिब्यक्ति आएकाेपनि देखिन्छ । के अहिलेकाे मुलुककाे अबस्था २०५२ अघिकै छ ? तपाईं मिशनरीहरुकै जाेडबलमा ल्याईएकाे संघियतामा मुलुककाे राष्ट्रिय अखण्डता,राष्ट्रिय एकता,सामाजिक एवं साम्प्रदायिक सदभाव र धार्मिक सहिष्णुता सुरक्षित छ ? त्याे बेला सेनाले निभाएकाे भुमिकाकाे दायरा र अहिले निभाएकाे भुमिकाकाे दायरा उस्तै र बराबर छ ?

(३) भुराजनितिक दाउपेचकाे चपेटा कस्ताे छ अहिले ? अहिले बिदेशी षडयन्त्र र याेजनामै निम्तिदै गरेकाे संभावित वहुपक्षीय  गृहयुद्धबाट मुलुकलाई ध्वस्त पारेपछि त्यसैकाे वहानामा वाहृय सैनिक हस्तक्षेप गराउने र तिनिहरुले खडा गरिदिने औपनिबेशिक सरकारहरुद्वारा राज्य संचालन गराउने मिशन अन्तरगत तपाईंको याे बिचार आईरहेकाे हाेईन भन्ने आधार के छ ?

(४) तपाईंले सीमामा सेना नखट्टिएकाे,छिमेकी मुलुकले सिमा मिचिरहंदा प्रतिकार गर्ने नेपाली नागरिक मारिई रहंदा र लिपुलेक लिम्पियाधुरामा समेत सेनाले वास्था नगरेकाे भन्नु भएको छ ! के ती स्थानहरुमा तैनाथ गराउने र खटाउने जिम्मेवारी तपाईंहरूबाट बनेका सरकारहरुकाे हाेईन र ?  सेनाले त संविधान र कानुनकाे पालना गर्दै सकारले दिएकाे जिम्मेवारी मात्र पूरा गर्नु लाेकतान्त्रिक भयाे कि अलाेकतान्त्रिक ?

(५) नेपाली सेना समाबेशी हुन नसकेकाे आराेपपनि लगाउनु भएछ । नेपाली सेनाभित्रकाे समाबेशी चरित्रकाे राम्राे अध्ययन गरेर र बुझेर बाेल्नु भयाे कि हावामा बाेल्नु भएको हाे ? प्रजातन्त्र र लाेकतन्त्र आउनुभन्दा अगाडि सबै जातजाती,भाषाभाषी,लिङग र क्षेत्रकाे समाबेशी भएको कुनै एउटा निकाय थियाे भने त्याे नेपाली सेना थियाे । पहिला डाटा अध्ययन गरेर मात्र बाेल्दा राम्राे हाेला कि ?

(६) तपाईं परराष्ट्रमन्त्री भएकै समयमा कालापानी नदिमा भारतले बांध निर्माण गरेर नदि नेपालतर्फ धकेल्दै गर्दा तपाईंले कुटनितिक नाेट समेत जारी गर्न सक्नु भयाे ? चाैतर्फी आलाेचना र पुर्बसुरक्षाकर्मी परिषद नेपालले ज्ञापन पत्रद्वारा ध्यानाकर्षण गराए पश्चात ३ दिनपछि कुटनितिक नाेट जारी गर्नु भएको बिर्षनु भयाे ?

(७) १५ बर्षयता राज्य संरचनाहरुमा थुप्रै परिवर्तन भए तर सेनाकाे भने नभएको तपाईंको भनाइ रहेछ ! के नेपाली सेनाकाे २०६३ अघिकै संरचना अहिलेपनि छ र ? अहिले प्रत्येक जिल्ला सदरमुकाम,सामारिक महत्वकाे क्षेत्रहरु,राष्ट्रिय निकुञ्जहरु,संचालन एवं निर्माण भईरहेकाे हाईड्राेपावरहरु,७ प्रदेश संरचनाहरु र भिआईपिहरुकाे सुरक्षा कसले गरिरहेकाे छ थाहा छ ? त्यस्तै कतिपय राष्ट्रिय गाैरबका आयाेजनाहरु कसले निर्माण गरिरहेकाे छ थाहा छ ?

(८) संसदले जुनसुकै कुरा उठाउन र बाेल्न पाउने अधिकारकाे कुरा गर्नुभएछ बिश्वका सम्पन्नशाली र ठुला मुलुकहरुमा भिआईपि संख्या बढिमा ३३ सय छन तर यति सानाे र गरिब मुलुकमा करिब ६ हजार छन त्यसैगरी ९४५ सांसद मन्त्रि,८ राष्ट्रपति,८ प्रधानमन्त्रि,८ सभामुख/उपसभामुख यी सबैकाे निजि सचिवालय खर्च,३३ हजारभन्दा बढि जनप्रतिनिधिहरुकाे तलब भत्ता,वडा अध्यक्ष समेतलाई सवारी साधन र चालक तथा ईन्धन जस्ता खर्चहरु धान्न नागरिककाे टाउकामा  करमाथि कर र महंगी थप्दा संसदमा कुरा उठाउनु भएको छ ?

(९) मुलुकमा भएको दर्जनाै ठुला भ्रष्टाचार,सरकारी जमिन ब्यक्तिले हड्पेका कुरा,बेथिति र दण्डहिनताका कुरा कहिले उठाउनु भयाे साथै कैयाैं बलत्कार तथा हत्या लगायत निर्मला पन्तकाे बारे बाेल्नु भयाे ?

(१०) तपाईंले सेनाले विभिन्न मित्रराष्ट्रका सैनिकहरुसंग गरेकाे संयुक्त सैन्य अभ्यासकाे कुरा उठाउनु भएछ के याे अभ्यास गर्दा सरकारलाई वाईपास गरेर आफुखुशी गरेकाे थियाे ? यसमा रक्षा र परराष्ट्रकाे सहमति बेगर हुने गरेकाे छ ?

(११) तपाईंको पृष्ठभुमी र बिगतमा तपाईं आबद्ध आईएनजिओ र ती आईएनजिओहरुकाे मिशन बारे जानकारहरु याे समाजमा नभएका हाेलान र ? तपाईंले दिएकाे याे संकास्पद अभिब्यक्तिमाथि नागरिक तहबाट नियाल्न,छानबिन गर्न र बाेल्न नपाउनु पर्ने हाे ?

(१२)  तपाईंले नेपाली भुमिमा नेपाली बुबा आमा,दाजुभाइ तथा दिदिबहिनीहरुले उत्पादन गरेकाे अन्न खाएर बाेलिरहनु भएको छ कि अन्यत्रैकाे नुनकाे साेझाे गरिरहनु भएको हाे ?

(१३) म त एउटा सामान्य दर्जाकाे भुपु सैनिक हुं मलाई त तपाईंको अभिब्यक्तिप्रति आपत्ति छभने भएको दरबन्दि समेत पुरा नभएको कारण डबल तेब्बर डिउटि गर्न र घरबिदा जान समेत नपाएका वहालवाला सैनिक जवानहरुले तपाईंलाई कसरी बुझे हाेलान ?-लेखक पूर्वसैनिक हुन्

प्रतिक्रिया