३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्डलाई मत हालेपछि रविलाई राहत, राहदानी विवादमा मुद्दा नचलाउने निर्णय


March 20, 2023
0
Shares

काठमाडौं, ६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार रविविरुद्ध मुद्दा नचलाउने निर्णय गरे ।

महान्यायाधिवक्ताको कार्यालयले यसको पुष्टि गरेको छ । उनीविरुद्ध अमेरिकी नागरिक हुँदा नै नेपाली नागरिकताबाट राहदानी लिएको उजुरी प्रहरीमा परेपछि छानविन भइरहेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिललाई रायसहित प्रतिवेदन बुझाएकोमा अचानक मुद्दा नचलाउने निर्णय भएको छ ।

रवि नेतृत्वको रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय आइतबार मात्र भयो । यसको ठिक भोलिपल्ट महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई अर्थपूर्ण मानिएको छ ।

रास्वपासँग १९ सिट छ । रविले सांसद पद भने सर्वोच्च अदालतको आदेशले खारेज भइसकेको छ ।

प्रतिक्रिया