५ आश्विन २०८१, शनिबार | September 21, 2024

१ वर्षपछि बस्न लागेको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित


0
Shares

काठमाडौँ, २७ असार । सत्तारुढ नेपाली कांग्रेसले आज देखि सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएकोले कांग्रेसले बैठक स्थगित गरेको हो ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ । साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया