६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

हिमाचलमा मात्रै २० जनाको मृत्यु, ६ सय गाँउ डुबानमा


0
Shares

एजेन्सी, २५ असा् । भारतको हिमाचल प्रदेशमा मनसुन वर्षाले तहसनहस भएको छ । वर्षाका कारण हालसम्म विभिन्न दुर्घटनामा २० जनाको ज्यान गएको छ । दिनदेखिको अविरल वर्षाले करिब ४ हजार करोडको सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ । ४६४८ पावर ट्रान्सफर्मर फेल हुँदा आधा हिमाचल प्रदेश अन्धकारमा डुबेको छ ।

गएको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ भने खोला र खोलाको तीव्र बहावले ६ जनाको मृत्यु भएको छ । थिओग र सोलनमा तीन–तीन र चम्बा र बिलासपुरमा एक–एक जनाको मृत्यु भएको छ । मण्डीमा व्यासको किनारमा रहेका ११३ घर खाली गराइएको छ । गत हिजो सामान्यभन्दा ११० प्रतिशत बढी पानी परेको थियो । असार १० मा औसत वर्षा ८।३ प्रतिशत रहेको छ भने हिजो राज्यमा ९२।१ प्रतिशत वर्षा भएको छ ।

हरियाणामा अविरल वर्षाले अहिले जनजीवन प्रभावित भएको छ । सबैभन्दा धेरै विनाश राज्यको जीटी रोड बेल्टमा भइरहेको छ। सहरसँगै यहाँका ६ सय गाउँ वर्षाको पानीमा डुबेका छन् । गृहमन्त्री अनिल विजको गृह जिल्ला अम्बाला ४० प्रतिशतसम्म डुबेको छ ।
प्रदेशका ७ वटा राष्ट्रिय राजमार्ग पानीमा डुबेको छ । जसका कारण राज्यको दिल्ली, पञ्जाब र हिमाचल प्रदेशसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । ९ जनाको मृत्यु भएको छ । यसैलाई मध्यनजर गर्दै ल्ज्ब्क्ष् ले यात्रुलाई यात्रा नगर्न अलर्ट जारी गरेको छ ।
वर्षा र बाढीका कारण अम्बाला जिल्लाको अवस्था सबैभन्दा खराब छ । त्यहाँ ३ दिनमा ४५१ मिलिमिटर पानी परेपछि सहरको ४० प्रतिशत भूभाग डुबानमा परेको छ । स्थिति बिग्रिएपछि प्रशासनले सेनाको सहयोग लियो ।

त्यहाँ धेरै क्षेत्रहरू छन् जहाँ मानिसहरूले घरको छतमा शरण लिएका छन्। राति अबेरसम्म एनडीआरएफ, एसडीआरएफ र प्रहरीले २ हजार जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएका थिए । अम्बालाको चमन वाटिका विद्यालयमा फसेका ७३१ छात्रालाई सेनाले उद्धार गरेको छ ।

प्रतिक्रिया