४ पुस २०८१, बिहिबार | December 19, 2024

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ


0
Shares

काठमाडौं, २४ असार । कोशी प्रदेशको उद्धव कार्की नेतृत्वको नयाँ सरकार अवैधानिक भएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापाको नेतृत्वमा सरकार गठन भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले गत शुक्रबार रिट दर्ता गराएका हुन् । कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ ।

थापालाई बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले प्रदेश सभामुखलाई माओवादीको सांसदमै गणना गरी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा संसदीय दलका नेताको हस्ताक्षरसहित थापाले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको लागी दाबी पेस गरेका हुन् ।

प्रतिक्रिया