४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नारायणगढ–मुग्लिन सडकमा फेरी पहिरो खस्यो, सडक अवरुद्ध


0
Shares

काठमाडौं, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा फेरी सडक अवरुद्ध हुन पुगेको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

२ दिन भन्दा बढी घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया