८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

बालेनले अदालतको आदेश नमान्ने, भारतीय चलचित्र चल्न नदिने


0
Shares

काठमाडौं, ७ असार । अदालतले भारतीय फिल्म रोक्न नदिने गरी अन्तरिम आदेश जारी गरेपनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नमान्ने भएका छन् । उनले बिहिवार सामाजिक सञ्जालमार्फत् अदालतको आदेश नमान्ने र फिल्म चल्न नदिने बताएका छन् ।

देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउँदा आफू कुनै कानून र अदालतलाई नमान्ने बताएका छन् । चलचित्र आदिपुरुषका लेखक स्वयंले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत नै खराब रहेको बालेनको टिप्पणी थियो ।

बालेनले अगाडि लेखेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ ।’

बालेनले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्न नदिने बताएका छन् ।

आदिपुरुषमा सीता भारतकी छोरी भन्ने आशयको संवादलाई लिएर बालेनले आइतवारबाट काठमाडौं महानगरपालिकाका हलभित्र फिल्म चल्न दिएका छैनन् । उनले भारतीय चलचित्र सबैलाई हलहरुमा रोकेका छन् ।

प्रतिक्रिया