३ आश्विन २०८१, बिहिबार | September 19, 2024

महिला हवल्दारसँग एसएसपीले ‘गुड फ्राइडे’ मनाउन खोज्दा…


0
Shares

काठमाडौं, १ असार । सुरक्षा निकायभित्र यौन र्दुव्यवहारका घटना बेला बेलामा सुनिन्छिन् । कतिपय दबाइन्छन् त कतिपय घटनाले मैं हुँ भन्ने अधिकारीको जागिर नै गएको छ ।

अहिले नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल त्यस्तै समस्यामा परेका छन् । कञ्चनपुर प्रहरी प्रमुख हुँदा महिला हवल्दारलाई ‘गुड फ्राइडे’ मनाउने भन्दै निवासमै बोलाएर र्दुव्यवहार गर्दा कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले छानविन गरी गृहलाई लेखी पठाएपछि पाल आजबाट निलम्बनमा परेका छन् । यसले उनको करिअर नै धरापमा परेको छ । जेठ १९ मा पालविरुद्ध उजूरी परेको हो ।

प्रतिक्रिया