८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

राप्रपाले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा (भिडियोसहित)


0
Shares

काठमाडौं, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । आज आइतवार संसदमा राप्रपा सांसद ज्ञानबहादुर शाहीले युद्ध अपराधमा रिट दर्ता भएकाले प्रचण्डको प्रधानमन्त्री पदबाट राजीनामाको माग गरेका हुन् ।

शाहीले सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र ३० जेठमा अदालतमा उपस्थित हुन भनिएकाले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष बढ्न दिनुपर्ने जिकिर गरे । नैतिकतामा आधारमा प्रधानमन्त्री प्रचण्ड अब पदमा बसिरहन नमिल्ने दाबी गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईविरुद्ध बाल सैनिकको प्रयोग गरी माओवादी सशस्त्र गतिविधिको समयमा युद्ध अपराध गरेको आरोपमा रिट आज नै सर्वोच्च अदालतमा दर्ता भएको हो ।

 

प्रतिक्रिया