२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ग्रहको अशुभ दृष्टिले हैरान हुनुहुन्छ भने कालाष्टमीमा अवश्य गर्नुहोस् यी उपाय


0
Shares

काठमाडौं, २७ जेठ । हिन्दु धर्ममा कालाष्टमी व्रतको विशेष महत्व छ । यो व्रत प्रत्येक महिनाको कृष्ण पक्षको आठौं दिन मनाइन्छ। यस विशेष दिनमा भगवान शिवको रुद्रावतार काल भैरवको विधिवत पूजा गरिन्छ। शास्त्रमा भनिएको छ कि भगवान काल भैरवको पूजा गर्नाले जीवनका सबै दुःखहरु हट्छन् । यसका साथसाथै मानिसलाई मानसिक तनाव, अनिद्रा र धेरै प्रकारका ग्रह दोषबाट मुक्ति मिल्छ। जानौं, भगवान काल भैरवको पूजा गर्ने समय र शनि–राहुको नराम्रो नजरबाट छुटकारा पाउने उपायहरू।

हिन्दू क्यालेन्डर अनुसार आषाढ महिनाको कृष्ण पक्षको अष्टमी तिथी असार १० गते दिउँसो २ः०१ बजे सुरु भई असार ११ गते दिउँसो १२ः०५ बजे समापन हुनेछ । यस्तो अवस्थामा कालाष्टमी व्रत २०२३ असार १० गते शनिबार मनाइनेछ । यस विशेष दिनमा मासिक कृष्ण जन्माष्टमी व्रत पनि मनाइनेछ ।

कालाष्टमी व्रतको दिन दुइटा अत्यन्त शुभ योगको निर्माण भइरहेको पञ्चाङमा बताईएको छ । यस विशेष दिनमा रवि योग बनिरहेको छ। जुन पुजाका लागि उत्तम मानिन्छ । यो शुभ योग बिहान ५ः२३ देखि दिउँसो ३ः३९ सम्म रहनेछ ।

शनि र राहुका कारण उत्पन्न हुने बाधाबाट मुक्ति पाउनका लागि काल भैरवको पूजा विशेष फलदायी हुने शास्त्रमा उल्लेख छ । पौराणिक मान्यताका अनुसार काल भैरवको जन्म भगवान शिवको क्रोधबाट भएको हुनाले उनको स्वरूप निकै डरलाग्दो मानिन्छ । तर पूर्ण भक्तिपूर्वक पूजा गर्ने व्यक्तिले मनोकामना पूरा गर्ने आशीर्वाद प्राप्त गर्दछ।

 

प्रतिक्रिया