३ आश्विन २०८१, बिहिबार | September 19, 2024

धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र मागसहित सत्याग्रह घोषणा


0
Shares

काठमाडौं, २१जेठ । विभिन्न राजनीतिक दल र संघ÷संस्थाहरुले २०४७ सालको संविधान व्युँताउनका लागि सत्याग्रहको तयारी गर्ने गर्ने भएका छन् । लोकतन्त्र र गणतन्त्र देशका लागि अफाप सिद्ध भएको भन्दै उनीहरुले २०४७ सालको संविधान स्थापना, संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्यको मागगर्दै सत्याग्रहको आयोजना गरेकाहुन् ।

सत्याग्रह संयोजक समितिले आज पत्रकार सम्मेलन गरी आगामी जेठ २३ गतेदेखि माईतीघर मण्डलामा आन्दोलनको सुरूवातगरिने जानकारी गराएको हो ।

‘सरकारमा रहेकापदाधिकारीहरु इन्डिया जाने होडबाजीचलेकोछ । गणतन्त्र र लोकतन्त्रहाम्रो देशकालागि अफापसिद्ध भएको छ । २०४७ सालको संविधानकालागिहामी यथाशिघ्र सत्याग्रहगर्ने भन्ने हामीले तयारी गरेका छौं,’–कार्यक्रम सञ्चालक नरेशमान सिंहले भने । उने उक्त सत्याग्रहमा सहभागीहुनकालागिसंघ÷संस्थाहरुले आफ्नो व्यानरसहितकार्यक्रममा सहभागीहुनसक्ने समेत जानकारी गराए ।

सत्याग्रह अभियानका संस्थापक अध्यक्ष किशोरी महतोले अबको सत्याग्रहजनताले राजा गुहार्नका लागि भएको बताए । आफूहरु आन्दोलनको नाममाकुनै नेपालीको रगतनबगोस् भन्ने कुरामा सचेत रहेकाले सत्याग्रह सुरु गर्ने निर्णय गरेको उनले बताए ।

‘अबको यो सत्याग्रहबाट हामी जनताले राजालाई गुहार्नका लागि हामी जान लागेका छौं । तर, हामी आन्दोलन चाहँदैनौं । हामी जनताको रगत बगोस् भन्ने चाहँदैनौं । हामी बीचमा गृहयुद्ध भयो भने विदेशीले सत्ता कब्जा गर्न सक्छ । त्यसैले हामीले सत्याग्रहको बाटो रोजेका छौं,’– उनले भने ।

अधिवक्तासमेत रहेका अभियन्ता हरिबोल भट्टराईले देशलाई भ्रष्टाचारको अजिंगरले निल्नै लागेको टिप्पणी गरे । नेपाली नागरिकलाई भुटानी बनाएर पैसा आर्जन गर्ने र जनताको स्वतन्त्रताधिकारको खिल्ली उठाउने कामले अहिलेको संविधानको औचित्यमाथिप्रश्न उठाइसकेको उनको भनाई छ ।
पत्रकार सम्मेलनलाई सम्बोधनगर्दै स्वतन्त्रनागरिक समाजका संयोजक रामकुमार रिजालले २०४७ सालको संविधान, राजसंस्था र संवैधानिक राजतन्त्रको मागसहितआफूहरु सत्याग्रहमाहोमिनलागेको बताए ।

‘२०४७को संविधानसहितको संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको माग राख्दै हामीले २३ गतेबाट माईतिघर मण्डलामा सत्याग्रहकार्यक्रमआयोजना गरेका छौं,’– उनले भने ।

कार्यक्रमकाअर्का वक्ता सोमविक्रम सिंहलेतीन करोड नेपालीमा राष्ट्रियता सीमितव्यक्तिमामात्रै बिझेको टिप्पणी गरे । जनताले राष्ट्रियताको पक्षमामनन् नगरेसम्म यो आन्दोलनजित्ननसकिने उनले बताए । राष्ट्र र राष्ट्रियताको रक्षाकालागिजनता सडकमाउतार्नुको विकल्प नरहेको उनको भनाई छ ।

‘जबसम्मजनताले राष्ट्रियता विझेको मनन् गर्दैन तबसम्महामीले आन्दोलनजिन्त सक्दैनौं । जनतालाई हामीले बुझाउन सकेका छौं वा छैनौं भन्ने मननगर्न आवश्यक छ । जनता कसरी राष्ट्र र राष्ट्रियताका लागिउतार्ने हो ? सोचौं,’– सिंहले भने ।

अर्का वक्ता कपिलमान खड्गीले सत्याग्रहमा समर्थन जनाउँदै सबै शक्ति एक ठाउँमा आएको खण्डमा २०४७ सालको संविधानव्युँतिनलाई समय नलाग्ने बताए । सबै राष्ट्रवादी शक्तिहरु सशक्तभएर संयुक्तआन्दोलन गरेको खण्डमा २०४७ सालको संविधानको विकल्पनहुने उनको भनाई छ , ‘सबै राष्ट्रवादी शक्तिहरु एकै ठाउँमा आउने हो भने धेरै समयलाग्दैन । २०४७ सालको संविधान राजा, जनता, प्रजा सबै अट्ने संविधानहो । सशक्त रुपमाजाने हो । एकै ठाउँमा उभिएर एकै ठाउँमा कार्यक्रम गरौं । राजसंस्थासहितको २०४७ सालको संविधानमागौं,’– उनले भने ।

संयुक्त राष्ट्रियजनआन्दोलनमोर्चाकाअध्यक्ष शेखरजंग रायमाझीले २०४७ सालको संविधानको मागगर्दै सत्याग्रह अगाडि बढ्नु सकारात्मकहुने बताए । २०७२ सालको नेपालको संविधान नेपालको स्वार्थमा नरहेको उनको आरोप छ ।

‘२०४७ सालको संविधानलागू गर्नुपर्छ भनेर यो कार्यक्रमआयोजनाभएको छ । मैले हेर्दाखेरी यो एउटा शान्तिको हात अगाडि बढाएको देख्छु । ०७२ को संविधानत राष्ट्रिय स्वार्थअनुसार थिएनभनेर हामीले बारम्बार भन्दै आएकाहौं,’– उनले भने ।
२०७२ सालको नेपालको स्वार्थमानभएको संविधानपनि राष्ट्रपति रामचन्द्र पौडेलले विदेशीको स्वार्थ पुरा गर्नकालागिनागरिकताविधेयकल्याएर च्यातचुतपारेको आरोप लगाए । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकलाई अहिलेको ताजाजनादेशबाट बनेको संसद्ले नचिन्ने उनको दाबी छ ।
‘अहिले फेरि राष्ट्रपतिजीले असंवैधानिकतरिकाले, प्रक्रियामिचेर विदेशी स्वार्थ पुरा गर्नकालागि संविधान फेरि च्यात्नु भयो । क्षेद्विच्छेद पार्नुभयो । नागरिकताविधेयक प्रमाणीकरण भयो राष्ट्रपतिबाट । त्यो विधेयकअहिले ताजाजनादेशमाआएको संसद्ले चिन्दैन । संसद्ले नचिन्ने विधेयक प्रमाणीकरण गर्नु भनेको संविधानच्यात्नु र अपहेलनागर्नु हो,’– उनले भने ।

सत्याग्रहअभियानका राजनीतिक संयोजकअनिल योगीले २०४७ सालको संविधानको पक्षमाउभिनु राष्ट्रिय स्वाधीनताको विषयभएको बताए । शासक ठीक भएनभने सुनकै अक्षरले लेखेको संविधानभएपनित्यसले कामनगर्ने उनको भनाई छ ।

‘२०४७ सालको संविधानमाफर्किनुपर्छ भन्ने कुरा स्वाधीनविषयहो । यसमाफर्किनुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । कतिपय देशमा संविधान नै छैन । चलिराखेको छ । उदाहरण बेलायतको दिन्छु । जहाँ संविधान छ, त्यहाँपनि राष्ट्रको हितमा छलफल गरेरमात्रै निर्णयले लिइने गरिन्छ । संविधान सुनकै अक्षरले लेखेको भएपनिशासकठीक छैन भने काम छैन,’– उनले भने ।

सत्याग्रह द्ुई/चार जनामानिसले मात्रै गरेर नहुने उनले बताए । उनले सामाजिक सञ्जालनमागाली गरेरमात्रै राजतन्त्र र २०४७ सालको संविधानप्राप्तगर्न नसकिने बताए ।
२०४७ सालको संविधान सत्य भएको उनको दाबी छ । ०७२ सालको संविधानअसत्यभएको उनले आरोप लगाए । २०७२ को संविधानले देशमाविकृति, विसंगतिल्याएर नेपालीजनतालाई विदेशीको गुलामबनाएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा उन्नत जातको मुर्रा राँगाउपहार दिनुले नेपालीलाई लज्जाबोध गराएको उनले बताए । यस्ता क्रियाकलापबाट नेपालीलाई होच्याउने कामभइरहेको उनको दाबी छ ।

नेपाली कांग्रेस (विपी) का नेता सुशिलमान शेरचनले २०४७ सालको संविधान व्युँताउनकालागिअहिले सही समय भएको बताए । विपीकांग्रेसको नीतिपनि संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रताहितको हिन्दु राष्ट्र भएको उनले बताए ।
‘बल्ल समयआएको छ, सहीआन्दोलनअब सुरु हुनथालेको छ । नेपालआमा रोइरहेको अवस्था छ । हामी नेपालीकांग्रेस विपीपनि २०४७ कै संविधानमा टेकेर अगाडि बढ्ने भन्ने हाम्रो पार्टीको नीति छ,’– उनले भने ।

मिसन नेपालका संस्थापक केपीशर्मा पन्तलेनेपालको पवित्रभूमिलाई बचाउन, धर्म, संस्कृति, इतिहास र पहिचानलाई विश्वमाँझचिनाउनकालागि यो सत्याग्रहमा समर्थन गरेको बताए । आफ्नो योग्यता र क्षमताले भ्याएसम्म यस अभियानमा सहभागीहुनउनले आह्वान गरे ।

 

प्रतिक्रिया