४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

ओलीले सबै पुरुष नहुँदा पनि सृष्टि चल्छ भनेपछि…


0
Shares

काठमाडौं, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज रोचक तर्क गरेका छन् । उनले सँसारमा सबै पुरुष नभएपछि सृष्टि चल्ने तर्क गरे । पुरुष नभएपनि सृष्टि चल्ने तर महिला अनिवार्य हुनैपर्ने बताए ।

आज एमाले केन्द्रीय कार्यालय च्यासलमा अखिल नेपाल महिला संघको कार्यक्रममा ओलीले भने,‘सँसारका सबै पुरुष नहुँदा पनि सृष्टि चल्छ ।’ यसो भन्दा कार्यक्रम हलमा हाँसो गुञ्जिएको थियो ।

आफूले काम गर्न नसके अध्यक्षबाट हटाउनुपर्ने उनको भनाई थियो । सधै एउटै व्यक्ति पदमा रहिरहन नसक्ने बताए । उनले भने, मैंले काम गर्न नसके बा उता लाग्नुस् भन्दिए हुन्छ ।

प्रतिक्रिया