२ मंसिर २०८३, बुधबार | November 18, 2026

कार्कीको पुनर्बहाली मागमा सर्वोच्चको कारण देखाउ आदेश


November 18, 2026
747
Shares

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागअनुसार तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी नगरी सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

इजलासले कार्कीलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

यद्यपि, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउनसमेत आदेश भएको छ । उक्त आदेशको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन ।

अब सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।

प्रतिक्रिया