राजबहादुर शाह बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति
काठमाडौँ । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सरकारले सम्मान गरेको छ । मंगलबार राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेका हुन् ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१–८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो । जसमा सबैभन्दा बढी कर शाहले तिरेकाले उनलाई सम्मान गरिएको हो ।
सरकारबाट सम्मान पाएका शाह जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिजका प्रबन्ध निर्देशक हुन् ।


