२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

आईजीपीबाट हटाइएका कार्कीलाई घरमै पुगेर थमाइयो नियुक्तिपत्र


November 15, 2026
249
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार नियुक्त गरिएका दानबहादुर कार्कीलाई सरकारले घरमै पुगेर नियुक्तिपत्र बुझाएको खुलेको छ ।

प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र यसअघि कार्कीले बुझ्न नमानेपछि सरकारले गृह मन्त्रालयका कर्मचारीलाई नै उनको निवासमा पठाएर पत्र बुझाएको हो ।

उच्च स्रोतका अनुसार गत कात्तिक १८ गते गृह मन्त्रालयका एक कर्मचारी कार्कीको घरमै पुगेर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्तिसम्बन्धी पत्र थमाएका थिए ।

‘उहाँले सल्लाहकारको पत्र बुझ्न नमानेपछि घरमै पुगेर पत्र बुझाइएको हो,’ उच्च स्रोतले भन्यो ।

यस घटनाले आईजीपी पदबाट हटाइएपछि प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएका कार्कीले उक्त जिम्मेवारी स्वीकार गर्न अनिच्छा देखाएको संकेत गरेको छ । यद्यपि, उनले नियुक्तिपत्र बुझ्न अस्वीकार गर्नुको कारणबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

प्रतिक्रिया