१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

कांग्रेसले दियो राजनीतिक र कानुनी रूपमा षड्यन्त्रको प्रतिवाद गर्ने चेतावनी


November 4, 2026
0
Shares

काठमाडौँ । नेपाली कांग्रेसले सरकारका पछिल्ला विवादित घटनाबारे ६ बुँदे धारणा सार्वजनिक गरेको छ । आज बसेको शीर्ष नेताहरूको बैठकपछि महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट धारणा सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् कांग्रेसको ६ बुँदे धारणा

भय र भ्रमको शासन बन्द गर

१। नेपाली कांग्रेसको विधानअनुरूप विधिसम्मत रुपमा २०८२ पौषमा सम्पन्न भएको विशेष केन्द्रीय महाधिवेशनलाई प्रचलित कानून बमोजिम निर्वाचन आयोगबाट अद्यावधिक भइ सम्मानित सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइसकेको र सो पश्चात नेपालको संविधान, प्रचलित कानून एवं पार्टीको विधान अनुसार २०८३ असोज १६(२३ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशन समेत सम्पन्न भइसकेको विदित नै छ। नेपालको संविधान, प्रचलित कानून र विधान अनुसार लोकतान्त्रिक प्रक्रियाबाट भएको महाधिवेशनमाथि गरिएको श्रृङ्खलावद्ध षडयन्त्रमार्फत नेपाली कांग्रेसका आम सदस्य र लाखौं शुभेच्छुक सवैको मानमर्दन गर्न खोज्ने यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुको विश्वासलाई आघात पुर्‍याउन सक्दैन्। यस्ता आधारहीन तथा कपोलकल्पित विषयहरू, नेपाली कांग्रेस र कांग्रेसको नेतृत्व विरुद्ध रचेको कृतिम भाष्य ९ःबलगाबअतगचभम ल्बचचबतष्खभ०, प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्न सकिन्छ कि भन्ने सोच र षडयन्त्रका साथ निर्मित भएका हुन भन्नेमा हामी प्रष्ट छौं। यस्ता षडयन्त्र र सुनियोजित हतकण्डालाई नेपाली कांग्रेस पुर्ण रूपमा खारेज गर्दछ।

२। नेपाली कांग्रेस पार्टीको वैधानिकताका सवालमा पार्टी र हाम्रो नेतृत्व विरुद्ध लगाइएका आरोप, तथाकथित अडियो बयान र प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित छन्। यस्ता षडयन्त्रका पछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जानेछन। यद्यपी नेपाली कांग्रेस आफुमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न र जस्तोसुकै छानवीनका लागि तयार छ, षडयन्त्रको चिर्न सक्षम छ। त्यसैले यस प्रसंग्मा जति पनि घटना घटेका छन सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न नेपाली कांग्रेस माग गर्दछ।

३। “इनम सापकोटा प्रकरण” मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम लिएर राज्यका निकायहरू दुरुपयोग भइरहेका तथ्यहरू एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन। प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरेर प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नता र निर्देशनमा अनधिकृत व्यक्तिबाट “राज्य संरक्षित गिरोह” कै शैलीमा फोन नियन्त्रणमा लिने प्रमाण नष्ट गर्ने, संवाद गर्ने जे जस्ता कार्य भएका सन्दर्भ वाहिर आएका छन यसले राज्यका स्वतन्त्र रूपमा काम गर्नुपर्ने निकायहरू शासकको स्वार्थका लागि कसरी ‘शस्त्रीकरण’ हुन्छन् भन्ने कुराको पुष्टी गरेको छ। प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालय सम्बन्ध व्यक्तिले अनुसन्धानमा हिरासतमा रहेका व्यक्ति र प्रमाणमा अनधिकृत नियन्त्रण गरी छेडखानी गरेका विषय वाहिर आएका छन। प्रहरी महानिरिक्षक हटाउनु यसकै पछिल्लो एउटा कडी हो। शासन संचालनको यो शैली लोकतान्त्रिक व्यबस्था र संविधानप्रदत्त नागरिक अधिकारमाथि नै गम्भीर षडयन्त्र र चुनौती हो, यी श्रृङ्खलावद्ध घटना त्यही मनोवृतिका उपज हुन। सेलेक्टिभ र निर्देशनात्मक यस्तो अनुसन्धान आफ्ना गल्तिको ढाकछोप गर्ने, प्रश्न गर्नेलाई तर्साउने र प्रतिपक्षलाई कमजोर बनाउने कलुषित मनसायबाट भइरहेको छ भन्ने नेपाली कांग्रेसको ठहर छ। नेपाली कांग्रेस इनम सापकोटा प्रकरण लगायत सवै घटना र राज्य संयन्त्रलाई दुरुपयोग गरी अनधिकृत एवं गैरकानुनी कार्य गर्नेमाथी स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्ववनीय अनुसन्धानका लागि माग गर्दछ।

४। विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, प्रेस र अभिव्यक्ति स्वतन्त्रता, अनि शक्ति पृथक्कीकरणजस्ता संविधानका आधारभूत मूल्यमा नेपाली कांग्रेस सदैव अविचलित छ। सरकारका हरेक कदम विधिकै शासनमा आधारित हुनुपर्छ भन्नेमा हामी हिजो जति स्पष्ट थियौँ, आज पनि त्यतिकै दृढ छौँ। जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि लोकतन्त्रका यी सारभूत मान्यतामा नेपाली कांग्रेसले कसैसँग सम्झौता गर्ने छैन। नेपाली कांग्रेस न्यायपालिकाको सुदृढीकरण र राज्यका संस्थाको सवलीकरणको पक्षमा पनि उत्तिकै दृढ छ। सरकारका हरेक क्रियाकलाप विधिको शासनमा आधारित हुनुपर्छ भन्नेमा नेपाली कांग्रेस हिजो पनि प्रष्ट थियो र आज पनि स्पष्ट छ । त्यसका लागि निरन्तर लागिरहनेछ, लडिरहनेछ। जस्तोसुकै चुनौतीपुर्ण परिस्थितिमा पनि लोकतन्त्रका सारभूत मान्यतामा नेपाली कांग्रेसले सम्झौता नगर्ने प्रतिवद्धता आम नागरिक समक्ष पुनस् दोहोर्‍याउन चाहान्छ।

५। पछिल्ला दिनमा सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै असंवैधानिक कदमविरुद्ध उठ्ने नागरिक र प्रतिपक्षका आवाज थुन्न उद्धत छ। अपारदर्शी निर्णय, पत्रकारमाथि धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको छ। सरकारी गलत कामको विरोध गर्दा कांग्रेसमाथि षड्यन्त्र र आक्रमण हुनु नयाँ होइनस ८० वर्षे इतिहासमा हामीले यस्ता चुनौती पटक(पटक सामना गरेका छौँ। पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिनेछ। पार्टीलाई ‘डिफेम” गर्ने वदनियतका साथ आएका षडयन्त्रलाई नेपाली कांग्रेसले राजनीतिक र कानूनी दुवै ढङ्गले सामना गर्नेछ। नेपाली कांग्रेसले यसका लागि उपसभापति पुष्पा भुषालको नेतृत्वमा आवश्यक कानुनी परामर्श प्रक्रिया अगाडी वढाउनेछ भने नेपाली कांग्रेस संसदीय दलको तर्फबाट नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसदमा आवश्यक पहलकदमी लिनेछ।

६। नेपाली कांग्रेस स्पष्ट छ( सरकारको प्राथमिकता विपद्‌बाट प्रताडित जनताको राहत र पुनर्स्थापना, ठप्प बनेको अर्थतन्त्रको पुनरुत्थान, जलवायु संकटको सम्बोधनमा जस्ता विषयमा हुनुपर्छस प्रश्न सोध्ने नागरिकको मुख थुन्ने वा प्रतिपक्षसँग प्रतिवाद गर्ने षडयन्त्र र हर्कतमा होइन। १५औँ महाधिवेशनमार्फत संकल्प गरेझै जनसरोकारका मुद्दामा जिम्मेवार र रचनात्मक सहयोगका लागि नेपाली कांग्रेस सधैँ तयार छ। अतः राज्य(नियन्त्रित अफवाह फैलाएर भय र भ्रम सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गरी जनताका मूल मुद्दामा तत्काल केन्द्रित हुन नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ। १५औं महाधिवेशनको स्पष्ट नीति अनुसार “प्रतिपक्षीय निगरानी” मार्फत सरकारका गलत क्रियाकलापमा प्रश्न गर्दा अत्तालिएको सरकार संरक्षित गिरोहले आफ्नो गल्ती ढाकछोप र विषयान्तर गर्न बुनेका षड्यन्त्रमा नपरी जनसरोकार, विधिको शासन र नागरिक स्वतन्त्रताका पक्षमा दृढ रहन नेपाली कांग्रेस सम्पूर्ण पार्टी पङ्क्तिलाई अपील गर्दछ।

प्रतिक्रिया