देउवा समूहले २४ जिल्लामा टुंग्यायो अधिवेशन, को–को बने जिल्ला सभापति ?
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले देशका २४ जिल्लामा अधिवेशन सम्पन्न गर्दै जिल्ला नेतृत्व चयन गरेको छ।
देउवा पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार आन्तरिक प्रतिस्पर्धामार्फत विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गरी सभापतिसहितको नेतृत्व चयन गरिएको हो।
समूहले सार्वजनिक गरेको विवरणअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नयाँ सभापति चयन भएका छन्।
निर्वाचित जिल्ला सभापतिहरूको नामावली यसप्रकार छ :
१। सङ्खुवासभा – रामकुमार जिमी
२। भोजपुर – धर्मराज राई
३। हुम्ला – सूर्यबहादुर शाही
४। जुम्ला – नेत्रकला शाही
५। मुगु – तिलक मल्ल
६। रुकुम पश्चिम – नन्दबहादुर विष्ट
७। कालिकोट – नगेन्द्र विष्ट
८। डोटी – बाजीसिंह खड्का
९। बैतडी – वीरबहादुर विष्ट
१०। दैलेख – दिनेशकुमार हमाल
११। दार्चुला – सुरेन्द्र अवस्थी
१२। सल्यान – दीपक चन्द
१३। धनुषा – कोमलकान्त झा
१४। चितवन – मिलनबाबु श्रेष्ठ
१५। प्युठान – देवेन्द्र बर्मा
१६। कपिलवस्तु – राजेश सिंह
१७। पर्वत – यमबहादुर ९रामकृष्ण० मल्ल
१८। म्याग्दी – हिराबहादुर पुन
१९। रोल्पा – मानबहादुर खत्री
२०। बारा – राजेश राय यादव
२१। झापा – कृष्ण हुमागाईं
२२। कास्की – ऋषिलाल काफ्ले
२३। सिन्धुपाल्चोक – बालकृष्ण बस्नेत
२४। बझाङ – हर्कजंगबहादुर सिंह
देउवा समूहले विभिन्न जिल्लामा अधिवेशनमार्फत आफ्नो संगठनात्मक संरचना विस्तार र नेतृत्व व्यवस्थापनलाई तीव्रता दिएको देखिन्छ। पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र संगठनात्मक प्रतिस्पर्धाका बीच सम्पन्न यी अधिवेशनलाई देउवा पक्षले आफ्नो राजनीतिक तथा सांगठनिक उपस्थिति बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ।


