तनहुँ–१ प्रदेश ‘ख’ बाट अनिल भट्टराई निर्विरोध निर्वाचित
तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र ‘ख’ बाट अनिल भट्टराई प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
प्रदेशसभा क्षेत्र ‘ख’ को खुलातर्फबाट उम्मेदवारी दिएका भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।
लामो समयदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय भट्टराईले युवा पुस्ताको प्रतिनिधित्व गर्दै प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका थिए।
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका भट्टराईको निर्विरोध चयनलाई युवा पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।



