९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

बन्दीपुरका रामकृष्ण सुनार कांग्रेसको ‘महाधिवेशन प्रतिनिधि’मा प्रतिस्पर्धा गर्दै


September 25, 2026
166
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट दलिततर्फ महाधिवेशन प्रतिनिधि पदमा रामकृष्ण सुनारले उम्मेदवारी घोषणा गरेका छन्।

२०४९ सालदेखि नेपाली कांग्रेसको संगठनमा निरन्तर सक्रिय रहँदै आएका सुनारले क्षेत्रीय सदस्य, जिल्ला उपसभापति हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

१४औँ महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका सुनारले यसपटक आफ्नो राजनीतिक योगदानको मूल्यांकन गर्दै सबैले सहयोग गरिदिन हुन अनुरोध गरेका छन्।

प्रतिक्रिया