सीता एयरको जहाजको एउटा पाङ्ग्रा खुस्किएपछि…
काठमाडौँ । ल्याण्ड गर्नेक्रममा डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटनामा परेको छ । बिहीबार बिहान ८ः२५ बजे ल्याण्ड गर्नेक्रममा जहाजको एउटा पाङ्ग्रा खुस्किएर दुर्घटना भएको हो ।
नेपालगञ्जबाट डोल्पा गएको सीता एयरको जहाज दुर्घटनामा परेको हो । नेपालगञ्जबाट आएको जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएको हो । जहाजमा सामान्य क्षति भएपनि सबै यात्रु सकुशल रहेका छन् ।
जहाजमा १३ जना यात्रु सवार थिए । पुरुष ११ जना थिए । यात्रुमध्ये ७ जना विदेशी हुन् ।


