२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

दोषी र निर्दोष प्रहरीले प्रहरीले छुट्याउँछ, हामी न्यायाधीस होइनौं : महामन्त्री शर्मा


0
Shares

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन खोजियो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा जवाफ दिएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि शनिबार संसदमा भएको छलफलमा भाग लिंदै महामन्त्री शर्माले दोषी र निर्दोष नेपाल प्रहरीले छानबिन गर्नेस्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले रोष्टममै उभिएर भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको दाबी गरेका थिए । यसको जवाफ दिंदै महामन्त्री शर्माले फैसला सुनाउनका लागि आफूहरु न्यायाधीश नभएको समेत स्पष्ट पारे ।

‘अमुक फाइल खोल्यो भने अमुक दलको अध्यक्षलाई तान्न सकिएला, अमुक फाइल खोल्यो भने चाहिँ अर्को पार्टीको अध्यक्षलाई तान्न सकिएला भन्ने मनोविज्ञानले होइन । ’–शर्माले भने ।

प्रतिक्रिया