३ आश्विन २०८३, शनिबार | September 19, 2026

माथिल्लो त्रिशुली–१ आयोजनाबाट थप ११ जनाको शव फेला


September 19, 2026
332
Shares

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका ११ जनाको शव फेला परेको छ।

नेपाली सेनाका अनुसार गत भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित व्यक्तिहरू सम्पर्कविहीन भएका थिए।

उनीहरूको खोजीका क्रममा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेल भित्र शवहरू फेला पारेको हो।

सेनाका अनुसार टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा फेला परेका ११ वटा शव आज असोज ३ गते उद्धार गरी टनेलबाट बाहिर निकालिएको हो।

बाढीका कारण टनेलभित्र ठूलो मात्रामा हिलो र अन्य अवरोध जम्मा भएकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। उद्धार टोलीले कठिन परिस्थितिका बीच खोजी कार्यलाई निरन्तरता दिँदै शवहरू बाहिर निकालेको सेनाले जनाएको छ।

बेपत्ता अन्य व्यक्तिहरूको सम्भावित अवस्था पत्ता लगाउन थप खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया