कांग्रेसको उम्मेदवार हुन कति शुल्क लाग्छ ?
काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ।
१५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो।
निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ।
सभापतिमा उम्मेदवारी दर्ता गर्नको लागि १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ।
यस्तै, उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दिन ३० हजार, सहमहामन्त्रीको लागि २ र केन्द्रीय सदस्य पदमा उम्मेदवारी पदको लागि ११ हजार शुल्क लाग्नेछ।
कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेदवारी दिनको लागि लाग्ने शुल्क उल्लेख छ।



