कांग्रेस अनुशासन समिति संयोजक गुरुङ ८ दिन हिरासत बसेर छुटे
काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तथा पूर्वराज्यमन्त्री तारामान गुरुङ बैंकिङ कसुर मुद्दामा ८ दिन हिरासत बसेर छुटेका छन् ।
जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंका अनुसार गुरुङलाई बैंकिङ कसुरमा पक्राउ गरिएको थियो । उनी पीडितलाई रकम बुझाएपछि हिरासतबाट रिहा भएका हुन् ।
बैंकिङ कसुरमा पक्राउ परेका गुरुङले पीडितलाई रकम बुझाएपछि रिहा भएका हुन् । परिसरले गुरुङलाई १८ भदौमा पक्राउ गरेको थियो । उनीविरुद्ध तीन फरक व्यक्तिले बैंकिङ कसुरसम्बन्धी उजुरी दिएका थिए ।
प्रहरीका अनुसार गुरुङले दोर्जे शेर्पालाई ३३ लाख ५० हजार रुपैयाँ, रिगुज्याम्पु शेर्पालाई १४ लाख रुपैयाँ र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ बुझाएका छन् ।
तीनै जना पीडितलाई रकम बुझाएपछि उनी २६ भदौमा हिरासतबाट रिहा भएको प्रहरीले जनाएको छ ।
गुरुङ नेपाली कांग्रेसको अनुशासन समितिको संयोजक हुनुका साथै यसअघि पूर्वराज्यमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । उनको पक्राउ र हिरासतबाट रिहाइको विषयले कांग्रेसभित्र समेत चासो बढाएको छ ।


