१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

मुलुक आला काँचाको हातमा परेकै हो ?– विश्लेषक रायमाझी


September 4, 2026
2.2k
Shares

काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले पछिल्लो समय सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै मुलुकको नेतृत्व ‘आला काँचाको हातमा परेको’ हो कि भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।

रायमाझीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय विपत्तिको समयमा प्रधानमन्त्रीदेखि राज्यका तीनै अंगको भूमिकामाथि प्रश्न उठाएका हुन्। उनले राष्ट्रिय विपत्तिसम्बन्धी प्रतिनिधिसभामा सभामुखले प्रस्तुत गरेको शोक प्रस्ताव पारित हुँदा प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै आलोचना गरेका छन्।

उनले लेखेका छन्, “मुलुक आला काँचाको हातमा परेकै हो ? होइन भने…”

रायमाझीले राष्ट्रिय विपत्तिको समयमा सरकारी कार्यालय र कर्मचारी २४ घण्टा सक्रिय हुनुपर्नेमा चार दिन सार्वजनिक बिदा दिइएको विषयमा समेत प्रश्न उठाएका छन्।

त्यस्तै, राष्ट्रिय विपत्तिको समयमा सरकारी स्तरबाट औपचारिक शोकसभा गर्नेबाहेक व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका संरचना नै प्रभावित भएको अवस्थामा सार्वजनिक बिदा दिनुपर्ने निर्णयमाथि पनि उनले असन्तुष्टि जनाएका छन्।

उनले राज्यका महत्वपूर्ण संयन्त्रहरू संकटको समयमा अझ बढी सक्रिय हुनुपर्नेमा उल्टै सार्वजनिक बिदा दिएर बस्नुले सरकारको प्राथमिकता र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको संकेत गरेका छन्।

रायमाझीले आफ्नो टिप्पणीको अन्त्यमा लेखेका छन्, “सबैलाई चेतना भया।”

प्रतिक्रिया