प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्दै
गण्डकी । प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन् ।
परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण कास्कीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी नभएको बुझिएको छ ।
मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।



