देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा कांग्रेसको किन गर्यो विरोध ?
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।
११ महिनादेखि अमेरिकामा रहेका कांग्रेस सांसद प्रकाश देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेपछि शाहले उक्त निर्णयमा सभामुखले बदनियत राखेको आरोप लगाएका हुन् । शाहले सभामुखको निर्णय पक्षपाती भएको दाबी गरे ।
मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने तयारी गरिरहेका बेला त्यसलाई प्रभावित पार्ने उद्देश्यले कांग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको जिकिर छ ।
‘आज विश्वासको मतका लागि सरकारले तयारी गरेको छ । सोही तयारीलाई सहज बनाउन सभामुखज्यूले प्रकाश देउवालाई एक्कासि पदमुक्त गर्नुभयो,’ शाहले भने, ‘सभामुखले पक्षपाती निर्णय गर्नुभयो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’


